बझाङमा फेरि एमाले अगाडि

लोकपाटी न्यूज
0 Shares

काठमाडौं। बझाङ- १ को (क)मा मतगणना अन्तिम चरणमा पुग्दा नेकपा (एमाले) र नेपाली काँग्रेसबीच रोचक प्रतिस्पर्धा देखिएको छ। काँग्रेसले आज बिहानदेखि अग्रता लिएको यहाँ अहिले फेरि एमालेले झिनो मतले अग्रता लिएको छ।

ताजा मत परिणामअनुसार एमालेका भण्डारीले ९ हजार ८८९ मत प्राप्त गरेका छन् भने काँग्रेसका अभिषेकबहादुर सिंहले ९ हजार ८८० मत प्राप्त गरेका छन्।

आइतबार साँझदेखि भएको मत गणनामा एमालेले अग्रता लिएको थियो। सोमबार बिहान केहीबेर काँग्रेसले अग्रता लिए पनि पुनः एमालेले नै अग्रता लिन थालेको हो।