इलाम- २ : अग्रता बढाउँदै सुहाङ

लोकपाटी न्यूज
0 Shares

काठमाडौं। इलाम- २ मा नेकपा (एमाले)का उमेदवार सुहाङ नेम्वाङको अग्रता कायमै छ। ४२ मध्ये १९ वडाको मतगणना सकिँदा सुहाङले काँग्रेसका डम्बर खड्काविरुद्ध ३ हजार ७५४ मतको अग्रता लिएका हुन्।

सुहाङलाई पछ्याउँदै काँग्रेसका खड्काले ७ हजार ३२४ मत ल्याएका छन्। स्वतन्त्र उमेदवार डकेन्द्रसिंह थेगिमले ६ हजार ९०१ मत प्राप्त गरेका छन्। रास्वपाका उमेदवार मिलन लिम्बूले अहिलेसम्म १ हजार ५१२ मत प्राप्त गरेका छन्।

हालसम्म २७ हजार ८७५ मत गणना गरिएको छ। गएको शनिबार इलाम क्षेत्र नम्बर २ मा प्रतिनिधिसभा सदस्य चयनका लागि उपनिर्वाचन भएको थियो।