इलाम- २ : अग्रता बढाउँदै सुहाङ, कसको मत कति ?

लोकपाटी न्यूज
0 Shares

इलाम। प्रतिनिधिसभा सदस्यका लागि इलाम- २ मा भएको उपनिर्वाचनको मतगणनामा नेकपा (एमाले) का उम्मेदवार सुहाङ नेम्वाङको मतान्तर बढाउँदै लगेका छन्। पछिल्लो परिणाम अनुसार उनले ५ हजार ६६२ मतको फराकिलो अग्रता बनाएका छन्।

३९ हजार ४२५ मत गणना हुँदा सुहाङले १६ हजार २९९ मत प्राप्त गरेका छन्। उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका डम्बरबहादुर खड्काले १० हजार ५५७ मत ल्याएका छन्।

स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिमले ८ हजार ८२५ मत प्राप्त गर्दा रास्वपाका मिलनकुमार योङहाङ लिम्बूले २ हजार ६४५ मत प्राप्त गरेका छन्।