वेस्टइन्डिज ‘ए’ विरुद्ध नेपाललाई पहिलो सफलता

cricket-nepal
लोकपाटी न्यूज
0 Shares

काठमाडौं । टी- २० श्रृंखला अन्तरगतको तेस्रो खेलमा वेस्ट इन्डिज ‘ए’ विरुद्ध नेपाललाई पहिलो सफलता मिलेको छ। नेपालका कमलसिंह ऐरीले वेस्टइन्डिजका अलिक अथानजेलाई आउट गराएका हुन्। उनी १० बलमा १७ रन जोडेर आउट भए।

कीर्तिपुरस्थित त्रिवि मैदानमा बुधवार जारी खेलमा वेस्ट इन्डिज ‘ए’ले टस जितेर पहिले ब्याटिङ गरिरहेको हो। नेपालले नियमित कप्तान रोहित पौडेललाई विश्राम दिएको छ । दीपेन्द्रसिंह ऐरीले कप्तानी गरिरहेका छन्।