श्रीमान्-श्रीमती मृत फेला

death
सांकेतिक तस्वीर
लोकपाटी न्यूज
0 Shares

कपिलवस्तु। कपिलवस्तुको वाणगंगा नगरपालिका वडा नम्बर–८ ढोडेकोलमा श्रीमान्-श्रीमती मृत फेला परेका छन्। बुधबार बिहान साढे ८ बजेतिर उनी मृत फेला परेको प्रहरीले जनाएको छ। ६० वर्षका श्रीमान टेकलाल भुसाल र ५५ वर्षकी श्रीमती जुठी भुसाल घरभित्रै मृत फेला परेको इलाका प्रहरी कार्यालय पिपराले जानकारी दिएको छ।

मृतक श्रीमान् र्भयाङमा झुन्डिएको अवस्थामा मृत फेला परेका थिए भने श्रीमती खाटमा फेला परेकी छन्। घटना हुँदा घरमा कोही नभएको बताइएको छ प्रहरीको टोली घटनास्थल पुगेर अनुसन्धान गरिरहेको बताएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्