नेपालले पायो २१० रनको लक्ष्य

लोकपाटी न्यूज
0 Shares

काठमाडौं। वेस्टइन्डिज ‘ए’ले नेपाललाई जितका लागि २१० रनको फराकिलो लक्ष्य दिएको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको वेस्टइन्डिज ‘ए’ले निर्धारित २० ओभरमा ३ वकेटको क्षतिमा २०९ रनको योगफल तयार पारेको हो।

वेस्टइन्डिजका लागि आन्द्रे फ्लेचरले नटआउट ८४ रन जोडे। उनले ५४ बलको सामना गरे। त्यस्तै फाबिअन एलेन ३३ रनमा नटआउट रहे। त्यस्तै एलिक एथान्ज ५ रन बनाएर आउट हुँदा जोनसन चार्ल्सले ५८ रनको अर्धशतकीय पारी खेलेका थिए। त्यस्तै केइसी कार्टीले ४ रन जोडे।

नेपालका लागि कुशल भुर्तेलले २ तथा प्रतिश जिसीले १ विकेट लिए। सिरिजको तीन खेलको समाप्तीमा वेस्टइन्डिज ‘ए’ ले २-१ को अग्रता बनाएको छ। त्यसैले सिरिजमा कायम रहन आजको खेलमा नेपाललाई जित्नै पर्ने दबाब रहेको छ।