अमेरिकी डिभीको नतिजा सार्वजनिक

USA
लोकपाटी न्यूज
0 Shares

काठमाडौं। अमेरिकी डाइभर्सिटी भिसा (डिभी) २०२५ को नतिजा सार्वजनिक भएको छ। अमेरिकाको डिपार्टमेन्ट अफ स्टेट्सको ब्युरो अफ कन्सुलर अफेयर्सले शनिबार राति नतिजा सार्वजनिक गरेको हो।

नतिजा हेर्न आवेदन दिँदा उपलब्ध गराइएको कन्फर्मेसन नम्बर प्रयोग गर्नु पर्नेछ। नेपालस्थित अमेरिकी दूतावासका अनुसार यो नै डिभीको नतिजा थाहा पाउने एक मात्र तरिका हो।

छनोट हुन सफल आवेदकलाई त्यसपछिको प्रक्रियाबारे जानकारी उक्त साइटमा नै उपलब्ध हुने बताइएको छ। दूतावासअनुसार दूतावास या अमेरिकी सरकारका अन्य कुनै निकायले डीभी कार्यक्रममा छनोट भएको भन्ने व्यहोरा इमेलमार्फत पठाउँदैनन्।नतिजा हेर्न यहाँ क्लिक गर्नुहोस् ।