कर्णालीको मुख्य न्यायाधिवक्तामा हमाल नियुक्त

krishna-bahadur-hamal pic
लोकपाटी न्यूज
0 Shares

सुर्खेत। कर्णाली प्रदेश सरकारको मुख्य न्यायाधिवक्तामा वरिष्ठ अधिवक्ता कृष्णबहादुर हमाल नियुक्त भएका छन्। सोमबार हमाललाई मुख्यमन्त्री यामलाल कँडेलले मुख्य न्यायाधिवक्तामा नियुक्त गरेका हुन्।

नवनियुक्त मुख्य न्यायाधिवक्तामा हमालले पद तथा गोपनियताको शपथसमेत लिए। उनलाई प्रदेश प्रमुख तिलक परियारको रोहवरमा उच्च अदालत सुर्खेतका मुख्य न्यायाधीश लोहितचन्द्र शाहले शपथ ग्रहण गराएका छन्।

दैलेखको दुल्लु नगरपालिका-३, मालिकामा जन्मिएका हमाल हाल वीरेन्द्रनगर–५ मा बस्दै आएका छन्। २०४३ सालदेखि वकालतमा लागेका हमाल २०७३ मा वरिष्ठ अधिवक्ता बनेका थिए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्