वनमा आगो लगाएको अभियोगमा दुईजना पक्राउ

Arrest_Pakrau
लोकपाटी न्यूज
0 Shares

ओखलढुङ्गा। वनमा आगो लगाएको अभियोगमा दुईजना पक्राउ परेका छन्। सिद्धिचरण नगरपालिका-११ को नगरपार्कमा आगो लगाएको आरोपमा उनीहरूलाई पक्राउ गरिएको हो।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक बालिस्टार सिंहका अनुसार सिद्धिचरण नगरपालिका-११ का २६ वर्षीय महेश विक र २३ वर्षीय सुजन विकलाई पक्राउ गरिएको हो। ओखलढुङ्गा जिल्ला अदालतले अभियुक्तहरूलाई हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई चार दिनको म्याद दिएको छ।

जिल्लाका वनमा आगलागीका घटना बढेसँगै प्रहरीले आगो लगाउनेको खोजी अभियान थालेको प्रहरी निरीक्षक सिंहले बताए। गत सोमबार सिद्धिचरण नगरपालिका-१० स्थित एक घरमा आगलागी हुँदा दुईजनाको मृत्यु भएको थियो।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्