दक्षिणी युक्रेनमा रुसी गोलाबारी

pic-ukren
फाइल तस्बिर
लोकपाटी न्यूज
0 Shares

एजेन्सी। युक्रेनले बिहीबार दक्षिणी शहर निकोपोलमा रुसी गोलाबारीमा दुई जनाको मृत्यु भएको जनाएको छ तर बिहीबार राति रुसले प्रहार गरेका २० वटा ड्रोनमध्ये अधिकांश नष्ट गरेको बताएको छ।

सन् २०२२ को अन्त्यदेखि फ्रन्टलाइनमा परिणत भएको डेनिप्रो नदी पार गरेर तैनाथ रुसी सेनाबाट निकोपोल नियमित रूपमा आक्रमणको शिकार भएको थियो। रुसले प्रहार गरेको क्षेप्यास्त्रबाट ६२ वर्षीय पुरुष र ६५ वर्षीया महिलाको ज्यान लिएको क्षेत्रीय गभर्नर सेर्गी लिसाकले बताए।

उनले आगो लागेको घर र धेरै क्षतिग्रस्त भवनहरूको फोटो प्रकाशित गरेका छन्। बिहीबार राति नै रुसले प्रहार गरेका २० वटा ड्रोनमध्ये युक्रेनको वायु रक्षा बलले दक्षिणी ओडेसा क्षेत्रमा १७ वटा नष्ट गरेको थियो।

एउटा ड्रोनले दक्षिणी माइकोलाइभ क्षेत्रको दुई तले भवनलाई क्षतिग्रस्त बनाएको आपत्कालीन सेवाले टेलिग्राममा लेखेको छ, तर त्यहाँ कुनै हताहत भएको रेकर्ड गरिएको छैन।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्