उदय मानन्धरको ‘म तिम्रै शहरमा’ सार्वजनिक

ma timro saharma
लोकपाटी न्यूज
0 Shares

काठमाडौं। चितवनका गायक तथा सर्जक उदय मानन्धरको नयाँ गीत ‘म तिम्रै शहरमा’ सार्वजनिक गरिएको छ। भिन्तुना कला केन्द्रको आधिकारीक युट्युव च्यानलबाट गीत सार्वजनिक गरिएको हो।

गीतमा स्वर तथा संगीत उदय मानन्धरको रहेको छ भने गीत चितवनका चर्चित गजलकार कमल अर्यालले लेखेका हुन्। हरि शरण सायमीको संगीत संयोजन रहेको गीतको म्युजिक भिडियोमा किरण जोशी, रबिता बाके, सिताराम माका, सबिना श्रेष्ठ, सुरेश मानन्धर, उमेश सापकोटा, लक्ष्मी थापा लगायतका कलाकारहरुको अभिनय देख्न सकिन्छ।

गीतमा रबिता बाकेको श्रृङगार, प्रदिप अधिकारीको सह-छायांकन, बालकुमार मगरको सम्पादन तथा छायांकन साथै सुरेन्द्र मानन्धरको निर्देशन रहेको छ। गरिवीको रेखा बाट माथी उठ्ने कोशिस गर्दा गर्दै एक युवकले गर्नु परेको संघर्षलाई गीतले मुख्य कथा बनाएको छ। गीतलाई आम श्रोता दर्शकले मन पराउने गायक मानन्धरले विश्वास व्यक्त गरेका छन्।

भिडियो :

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्