जीबी राईलाई यसअघिको सरकारले भगाएको हो : गृहमन्त्री लामिछाने

Rabi Lamichane
लोकपाटी न्यूज
0 Shares

चितवन। उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले सहकारी ठगीमा मुछिएका जीबी राईलाई नियन्त्रणमा लिन प्रयास भइरहेको बताएका छन्।

शनिबार बिहान भरतपुर विमानस्थलमा पत्रकारहरुसँग कुराकानी गर्दै गृहमन्त्री लामिछानेले जीबी राईलाई यसअघिको सरकारले भगाएको आरोप लगाए।

भगाइसकेको मान्छेलाई खोज्न समय लागेको उनले बताए। यस्तै, उनले आफुले संसदमा एक पटक बोल्न पाउनुपर्ने बताए। नेपाली कांग्रेसको अवरोधले आफु नडराएको समेत उनले बताए।