आईपीएलमा आज मुम्बई र कोलाकाता भिड्दै

Ipl-pic
लोकपाटी न्यूज
0 Shares

काठमाडौं। इण्डियन प्रिमियर लिग (आईपीएल) मा आज एक खेल हुँदैछ। आज कोलकोता नाइट राइडर्स र मुम्बई इण्डियन्सबीच खेल हुने भएको हो।

खेल नेपाली समयअनुसार बेलुकी पौने ८ बजे कोलाकाताको इडेन गार्डेन क्रिकेट स्टेडियममा हुनेछ। जारी आईपीएलमा कोलकोताले शानदार प्रदर्शन गरिरहेको छ। अहिलेसम्म ११ खेलमा ८ जित र ३ हारसहित १६ अंक हासिल गरेर शीर्ष स्थानमा रहेको छ। कोलकोता श्रेयस अय्यरको कप्तानीमा आइपिएल खेल्दै छ।

११ खेल खेलेको कोलाकाता जारी सिजनमा अंक तालिकाको शीर्ष स्थानमा छ भने १२ खेल खेलिसकेको मुम्बई नवौं स्थानमा छ। मुम्बई क्वालिफायर चरणबाटै बाहिरिइसकेको छ। दुवै टोलीबीच अहिलेसम्म भएका ३३ खेलमा मुम्बईले २३ र कोलाकाताले १० खेल मात्र जितेको छ।