गायक रवि ओड प्रहरी नियन्त्रणमा

लोकपाटी न्यूज
0 Shares

धनगढी। वैवाहिक बलात्कारसम्बन्धी मुद्दा खेपिरहेका गायक रवि ओडले प्रहरीसमक्ष आत्मसमर्पण गरेका छन्। ओड इलाका प्रहरी कार्यालय झलारीमा आफैँ उपस्थित भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी उमेश जोशीले बताए।

डीएसपी जोशीका अनुसार रविलाई जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरेर अनुसन्धान भइरहेको छ। नेपाल आइडल सिजन २ का विजेता ओडविरूद्ध वैवाहिक बलात्कार र अप्राकृतिक मैथुनको आरोप लगाउँदै उनकी श्रीमतीले गत २० चैतमा उजुरी दिएकी थिइन्। सोही दिन कञ्चनपुर जिल्ला अदालतले रविका नाममा पक्राउ पुर्जी जारी गरेको थियो ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्