एकीकृत समाजवादीको पोलिटब्यूरो बैठक आलोकनगरमा

yes sachiwalaye
लोकपाटी न्यूज
0 Shares

काठमाडौं। सत्तारुढ दल नेकपा (एकीकृत समाजवादी) को पोलिटब्युरो समितिको बैठक आज बस्दैछ। बैठक आज बिहान ११ बजेबाट पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बस्नेछ।

बैठकमा पार्टीको राजनीतिक, समाजवादी कार्यक्रम, साङ्गठनिक प्रतिवेदन, विधान संशोधन प्रतिवेदनको मस्यौदा प्रस्तुत गरिने छ। बैठकले आगामी जेठ १ र २ गते आह्वान गरिएको केन्द्रीय कमिटी बैठकमा प्रस्तुत हुने कार्यसूची अनुमोदन गर्नेछ। एकीकृत समाजवादीको राष्ट्रिय महाधिवेशन आगामी असार १६ देखि २० गतेसम्म काठमाडौँमा हुँदैछ।