नुहाउने क्रममा डुबेर चार जनाको मृत्यु

dubnu-death
लोकपाटी न्यूज
0 Shares

कैलाली। कैलाली र डडेल्धुरामा नुहाउने क्रममा डुबेर चार जनाको मृत्यु भएको छ। कैलालीको कैलारी गाउँपालिका-८ स्थित लोहरपुर तेडी बाध नदीमा डुबेर सोही ठाउँ बस्ने बालु साउदकी छोरी १३ वर्षीया दुर्गा साउद र सिताराम खड्काको छोरा ७ वर्षीय अमिल खड्काको आइतबार दिउँसो मृत्यु भएको हाे।

नुहाउने क्रममा डुबेर अशक्त भएका उनीहरूमध्ये अमिलको उदासिपुर प्राथमिक स्वास्थ्य केन्द्र हसुलियामा र दुर्गाको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको हो।

यता डडेल्धुराको गन्यापधुरा गाउँपालिका-२ स्थित सिमताल खोलामा नुहाउने क्रममा डुबेर सोही गाउँपालिका-२ कुँवरगाउँ बस्ने इन्द्र बहादुर मल्लकी छोरी १४ वर्षीया दिपा मल्ल र नारद सार्कीकी छोरी १७ वर्षीया लक्ष्मी सार्कीको आइतबार दिउँसो मृत्यु भएको छ। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्