वामपन्थी शक्तिहरु वैचारिक बहसमा जुट्नुपर्दछ : मुख्यमन्त्री अधिकारी

Khagraj_Adhikari
लोकपाटी न्यूज
0 Shares

गण्डकी। गण्डकी प्रदेशका मुख्यमन्त्री एवं नेकपा (एमाले) स्थायी कमिटी सदस्य खगराज अधिकारीले व्यक्तिगत गाली-गलौज बन्द गरेर वैचारिक बहसमा जुट्न सबै वामपन्थी शक्तिहरूलाई आग्रह गरेका छन्।

‘पुष्पलाल जन्म शताब्दी समारोह २०८१’ द्वारा आज पोखरामा आयोजित विचार गोष्ठीमा उनले नेपालको कम्युनिष्ट आन्दोलनमा पुष्पलालले पुर्‍याएको योगदानको उच्च कदर गर्दै मुलुक र जनताको हितका लागि वामपन्थीहरु एकठाउँमा उभिनुपर्छ भने।

कम्युनिष्टहरूमा रणनीतिक रुपमा दुविधा नभए पनि कार्यनीतिका कारण पछाडि परेको जनाउँदै उनले भने, ‘हामी कार्यनीतिका कारण पछाडि पर्‍यौं, रणनीतिक रुपमा दुविधा छैन, अहिलेको परिस्थितिमा कसरी जाँदा ठीक ठाउँमा पुगिन्छ त्यसको विश्लेषण गर्न अपरिहार्य छ।’

पुष्पलाल जन्मशताब्दी समारोह समिति काठमाडौंको आयोजना तथा पुष्पलाल अध्ययन केन्द्र कास्कीको सह-आयोजनामा भएको कार्यक्रममा कम्युनिष्ट आन्दोलन लगायतमा पुष्पलालको योगदान विषयमा वाम वुद्धिजीवी तथा लेखक रामराज रेग्मी, परराष्ट्रविद् हिरण्यलाल श्रेष्ठ, र रामबहादुर भण्डारीले कार्यपत्र प्रस्तुत गरेको कार्यक्रममा दधिराज सुवेदी, गोपीरमण उपाध्याय, विश्ववन्धु भण्डारीले टिप्पणी गरेका थिए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्