जसपा नेपालको केन्द्रिय समितिको बैठक ललितपुरमा

लोकपाटी न्यूज
0 Shares

काठमाडौं। जनता समाजवादी पार्टी, नेपालको केन्द्रिय समितिको बैठक आज बस्दैछ। बैठक ललितपुरस्थित ज्यापू प्रज्ञा भवनमा बिहान ११ बजे बस्नेछ।

बैठकमा पार्टीको आगामी जेठ २८ गतेदेखि हुने महाधिवेशनको एजेण्डा र पछिल्ला समसामयिक राजनीतिक विषयहरुमा छलफल हुने प्रवक्ता मनिष सुमनले बताए।

साथै आगामी दिनमा पार्टीका रणनीति र योजनाका बारेमा विस्तृत रुपमा छलफल गरेर अघि बढ्ने विषयमा पनि बैठकमा छलफल हुने उनले बताए।