संसद्मा नीति तथा कार्यक्रम प्रस्तुत गर्न दिने काँग्रेसको निर्णय

congresss_sansad_dal
लोकपाटी न्यूज
0 Shares

काठमाडौं। प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसले संघीय संसद्मा नेपाल सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्न दिने भएको छ।

काँग्रेसले यसअघि सहकारी प्रकरणमा निष्पक्ष छानबिनका लागि संसदीय समिति गठनको माग गर्दै प्रतिनिधिसभा अवरोध गर्दै आएको थियो। काँग्रेस संसदीय दलको आज बजेको बैठकले राष्ट्रपति रामचन्द्र पौडेललाई सरकारको आगामी आवको नीति तथा कार्यक्रम प्रस्तुत गर्न दिने निर्णय गरेको प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए।

संघीय संसद्को आज अपराह्न ३ बजे बस्ने संयुक्त बैठकमा राष्ट्रपति पौडेलले सरकारको नीति तथा कार्यक्रम पेस गर्ने कार्यसूची छ।

काँग्रेसले नीति तथा कार्यक्रम पेश गर्ने कार्यसूचीपछिको छलफलमा भने संसदीय छानबिन समिति गठन नभएसम्म संसद् बैठक सञ्चालन हुन नदिने जनाएको छ। काँग्रेसले उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने समेत सहकारीको रकम अपचलनमा जोडिएको भन्दै निष्पक्ष छानबिनका लागि संसदीय समिति गठनको माग गर्दै आएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्