घरेलु मदिरालाई ब्रान्डिङ गरिने

pic-madhira
लोकपाटी न्यूज
0 Shares

काठमाडौं। सरकारले घरेलु मदिरा ब्रान्डिङ गरी विश्व बजारमा निर्यात गर्ने नीति लिएको छ। आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले यस्तो बताएका हुन्।

उनले घरेलु मदिराको गुणस्तर सुनिश्चत गरी नियन्त्रित उत्पादन गरिने बताए। सरकारले ब्रान्डिङ तथा निर्यात गर्न विशेष कार्यक्रम सञ्चालन गरिने नीति लिएको उनले उल्लेख गरे। घरेलु मदिरालाई हाल सरकारले भने वैधानिकता दिएको छैन।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्