प्रधानमन्त्री र सभामुखबीच भेटवार्ता

prachanda-devraj ghimire
लोकपाटी न्यूज
0 Shares

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र सभामुख देवराज घिमिरेबीच भेटवार्ता भएको छ। बुधबार बिहान भएको भेटवार्तामा संसद्को अवरोध हटाउने विषयमा छलफल भएको सभामुखको सचिवालयले जनाएको छ।

राष्ट्रपति पौडेलले हिजो सङ्घीय संसदमा सरकारको आउँदो आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए। त्यसपछि राष्ट्रपतिलाई धन्यवाद दिने कार्यसूची रहे पनि सहकारीको रकम हिनामिना प्रकरणमा मुछिएका उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समितिको माग राख्दै आएको नेपाली कांग्रेसले वेल घेराउ र नाराबाजी गरेपछि राष्ट्रपतिलाई धन्यवाद दिने प्रस्ताव पारित हुन सकेन।

यही विषयमा प्रधानमन्त्री र सभामुखबीच आज बिहान छलफल भएको हो। नेपाली कांग्रेसले उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने सहकारी ठगी प्रकरणमा मुछिएको भन्दै संसदीय छानबिनको माग गर्दै संसद् अवरुद्ध गर्दै आएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्