४ सय ४० किलोग्राम गाँजासहित तीन जना पक्राउ

Arrest_Pakrau
लोकपाटी न्यूज
0 Shares

काठमाडौं। सुनसरीमा ठूलो परिमाणको लागुऔषध गाँजासहित तीन व्यक्ति पक्राउ परेका छन्। प्रहरीले उनीहरूलाई चेकजाँच गर्ने क्रममा उनीहरूलाई देवानगंज गाउँपालिका- ५ मेहता टोलबाट मंगलबार राति पक्राउ गरेको हो।

पक्राउ पर्नेहरूमा मकवानपुर भिमफेदी नगरपालिका- १४का चन्द्रबहादुर पाख्रिन, मोरङ लेटाङ नगरपालिका- ६ का बलबहादुर लिम्बु र सुनसरी देवानगंज गाउँपालिका- ४ का अरबिन्द पाल रहेका छन्। चेकजाँचको क्रममा उनीहरूको साथमा ४ सय ४० किलोग्राम गाँजा , १ लाख ५० हजार भारतीय रुपैयाँ र ५२ हजार नेपाली रुपैयाँ फेला परेको प्रहरीले जनाएको छ।

राजगंज सिनबारीबाट साहेबगंजतर्फ जाँदै गरेको १ ख ७१२३ नम्बरको मिनी ट्रकलाई जाँच गर्नेक्रममा इलाका प्रहरी कार्यालय साहेबगंजबाट खटिएको प्रहरी टोलीले उनीहरूको साथबाट १३ वटा बोरामा रहेको उक्त परिमाणको गाँजा फेला पारेको थियो। सोही ट्रकमा रहेका चालक पाख्रिन तथा ट्रकमा सवार लिम्बु र पाललाई प्रहरीले नियन्त्रणमा लिएको थियो।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्