अलराउन्डरतर्फ शीर्ष १० मा दीपेन्द्रसिंह ऐरी

लोकपाटी न्यूज
0 Shares

काठमाडौं। नेपालका क्रिकेटर दीपेन्द्रसिंह ऐरी अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) को टी-२० अन्तर्राष्ट्रिय वरीयताको अलराउन्डरतर्फ शीर्ष १० मा अटाएका छन्।

आइसिसीले बुधबार सार्वजनिक गरेको वरीयतामा दीपेन्द्रले एक स्थान सुधार गरेका छन्। अलराउन्डर विश्व वरीयताको शीर्षस्थानमा भने बंगलदेशका साबिक अल हसन रहेका छन्।

यस्तै नेपालका कुशल मल्ल ३२औँ, गुलसन झा यथा स्थानमा रहँदै ६०औँ, कप्तान रोहितकुमार पौडेल एक स्थान खस्कँदै ६५औँ र करण केसी एक स्थान सुधार गर्दै ७४औँ स्थानमा रहेका छन्।

बलिङतर्फ सोमपाल कामी ९२औँ स्थानमा यथावत् छन्। नयाँ वरीयतामा उनी शीर्ष सयमा रहने एक्लो नेपाली बलर बनेका छन्। बलिङ वरीयताको शीर्षस्थानमा इङ्ल्यान्डका राशिद खान यथावत् रहेका छन्। विश्वकपको तयारीमा रहेको नेपाल टी-२० वरीयतामा १७औँ स्थानमा रहेको छ।