पाल्पामा जीप दुर्घटना : २ जनाको मृत्यु

accident_
लोकपाटी न्यूज
0 Shares

पाल्पा। पाल्पाको निस्दी गाउँपालिका–४ मतियारडाँडास्थित भित्री सडकमा यात्रुवाहक जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। दुर्घटनामा निस्दी–४ मित्याल बेलखरका राजीव सुनारी र निस्दी–४ मित्याल घ्याङसिबासका तेजन सोमैको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायब उपरीक्षक सुगन्ध श्रेष्ठले बताए।

१४ जना घाइते भएका छन्। घाइतेमध्ये तीनजनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय, पाल्पाले जनाएको छ।दुर्घटनाका घाइतेको नवलपरासीमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

नवलपरासी (बर्दघाट, सुस्ता पूर्व ) अरुणखोलाबाट पाल्पाको निस्दी गाउँपालिका ३ खादरका लागि छुटेको लु १ ज ३३२४ नम्बरको डवल क्याप पिकअप जिप दुर्घटनामा परेको हो।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्