सरकारमा बस्नेले प्रश्न गर्ने होइन, उत्तर दिने हो : नेता पौडेल

Pradip_Paudel
लोकपाटी न्यूज
0 Shares

काठमाडौं। नेपाली काँग्रेसका नेता प्रदीप पौडेलले सुशासन र भ्रष्टाचार अन्त्यको विषय काँग्रेसको प्राथमिकतामा पर्नुपर्ने बताएका छन्। काठमाडौंमा बिहीबार आयोजित प्रजातान्त्रिक विचार समाजको कार्यक्रममा उनले काँग्रेसले भइरहेका अनियमितताका विरुद्धमा आवाज उठाइरहेको पनि बताए।

अनियमितताका घटनामा जवाफ दिन नसकेपछि सत्ता पक्षले बलजफ्ती गर्न खोजेको उनको आरोप छ। ‘सरकारमा बस्नेले प्रश्न गर्ने होइन उत्तर दिने हो, उनीहरूले जुन ढंगबाट अनियमितता गरेका छन्, जुन अनियमित ढंगबाट उत्तर दिन उनीहरूले सकेनन्, त्यसपछि बलजफ्ती गर्न खोजिरहेका छन्,’ उनले भने, ‘अदालतले गरेको निर्णयमा समेत धम्की दिने काम सत्तापक्षबाट भएको छ, यसले लोकतन्त्रलाई कमजोर बनाउँछ।’

नेता पौडेलले लोकतन्त्रलाई बलियो बनाउन प्रजातान्त्रिक विचार समाजको महत्त्वपूर्ण सुझाव पार्टीलाई आवश्यक रहेको उल्लेख गरे। ‘संविधान निर्माण गर्दा हामीले नचाहेका कतिपय कुराहरू पनि राख्नुपरेको छ, अब यसलाई सच्याएर अगाडि बढ्नुपर्छ,’ उनले भने।