भरतपुर महानगरद्वारा नीति तथा कार्यक्रमका लागि सुझाव सङ्कलन

bharatpur mahanagar-meeting
लोकपाटी न्यूज
0 Shares

चितवन। भरतपुर महानगरपालिकाले आगामी आर्थिक वर्ष ०८/०८२ को नीति तथा कार्यक्रमका लागि सुझाव सङ्कलन गरेको छ। बिहीबार महानगर सभा हलमा विभिन्न क्षेत्रका विज्ञहरूसँग छलफल तथा अन्तरक्रिया गरी समृद्ध महानगर निर्माण गर्ने नीतिहरू सङ्कलन गरिएको थियो।

भरतपुर महानगरपालिकाले १५ औ नगर सभाका लागि तयारी तीव्र पारेको हो। छलफलका क्रममा आएका मागहरूलाई लिपिबद्ध गरेको छ। छलफल कार्यक्रममा अधिकांश वक्ताहरूले आगामी आर्थिक वर्षमा उत्पादन, रोजगारी र बजारीकरणलाई जोड दिएका छन्।

अबको नीति तथा कार्यक्रमले धेरै उत्पादन भएर दूध, गोलभेँडा सडकमा फाल्ने अवस्था अन्त्य गर्नुपर्ने नीति ल्याउनुपर्ने धारणा राखेका थिए। यस्तै शिक्षालाई प्रयोगात्मक बनाउनुपर्ने, आइटी शिक्षालाई विद्यालय स्तरबाटै लागु गर्नुपर्ने, आयमूलक सीपमूलक तालिम, युवा व्यवसायीलाई प्रोत्साहन गर्ने कार्यक्रम, स्थानीय उत्पादनलाई प्रोत्साहन, वडागत शिक्षाको बजेटमा १० प्रतिशतभन्दा वृद्धि गर्नुपर्ने, स्थानीयलाई रोजगारीमा प्राथमिकता, घरको फोहर घरमै व्यवस्थापन गर्ने नीति ल्याउनुपर्ने सुझाव आएका थियो।

कार्यक्रममा भरतपुर महानगरका राजनैतिक दल, विभिन्न सरकारी तथा गैरसरकारी सङ्घ संस्था, बुद्धिजीवी, विषय विज्ञ, व्यवसायी, समाजसेवी, पेसाकर्मी, कर्मचारीले अब समेट्नु पर्ने नीतिबारे जोड दिएका थिए।

सुन्दर, सुसंस्कृत र समृद्ध महानगर निर्माण हुने गरी अख्तियार गर्ने नीति, कार्यक्रम तथा बजेटको सन्दर्भमा राय सुझाव जेठ १५ गतेसम्म महानगरपालिकाको आधिकारिक इमेलमा पठाउन अनुरोध पनि गरेको छ। महानगरको आधिकारिक इमेल info@bharatpurmun.gov.np मा राय सुझाव पठाउन सकिने छ। महानगरले यस अघि सडक पूर्वाधारलाई प्राथमिकता दिए पनि यस पटक भने उत्पादन र रोजगारीलाई प्राथमिकतामा राखेको जनाएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्