सहकारी पीडितलाई न्याय दिन पहिला कानुन बनाउनुपर्ने छ : मन्त्री भण्डारी

Damodar_Bhandari
लोकपाटी न्यूज

धनगढी। उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले सरकारले ल्याएको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमले अत्यन्त सम्भावना र आशा बोकेको बताएका छन्। धनगढीमा आज आयोजित पत्रकार सम्मेलनमा उनले नीति तथा कार्यक्रमअनुसार सरकारले बजेटको तयारी गरिरहेको बताए।

मन्त्री भण्डारीले सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमका साथै जनताका मुद्दाले संसद्मा प्राथमिकता पाउनुपर्नेमा प्रतिपक्षी दलको प्रस्तुति अशोभनीय भएको आरोप पनि लगाए। उनले अहिलेका देशका मुद्दालाई साझा सहमति गरेर समाधान गर्नुपर्ने बताए। उनले सहकारी पीडितलाई न्याय दिने कानुनको अभाव रहेको समेत सुनाए।

उनले भने, ‘सहकारी पीडितलाई न्याय दिने कानुनको अभाव छ, पहिला कानुन बनाउनुपर्ने छ, कानुन बनाइसकेपछि दोषीलाई कानुनी कारबाही गर्न सकिन्छ।’

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्