गृहमन्त्री संसदीय छानबिन समिति बनाउन तयार हुनुहुन्छ : रवि लामिछाने

pm prachanda
लोकपाटी न्यूज

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गृहमन्त्री रवि लामिछाने संसदीय छानबिन समिति बनाउन तयार रहेको बताएका छन्। शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै गृहमन्त्री लामिछाने संसदीय छानबिन समिति बनाउन तयार रहेको बताएका हुन्।

उनले भने,‘पछिल्लो चरणमा स्वयं गृहमन्त्री रवि लामिछाने पनि समिति बनाएर समाधान हुन्छ भने म तयार छु भनेको स्थिति पनि छ। आशा गरौँ अब त्यतैतिर जान्छ यो समस्याको समाधान।’

सहकारीको विषय उठाएर संसद् अवरुद्ध गर्नु गलत भएको प्रधानमन्त्रीको भनाइ थियो। विगतमा कांग्रेस सरकारमा हुँदै सहकारीको विषय उठेपनि एमाले र रास्वपा सरकारमा सहभागी भइ कांग्रेस प्रतिपक्षमा गएपछि सदन अवरुद्ध हुने गरी उठाइएको प्रधानमन्त्रीले बताए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्