कारको ठक्करबाट पत्रकार रोहिताको मृत्यु

shibendra-rohit-pic
लोकपाटी न्यूज
0 Shares

जनकपुरधाम। जनकपुरधाममा कारले मोटरसाइकललाई ठक्कर दिँदा पत्रकार शिवेन्द्र रोहिताको मृत्यु भएको छ। शनिबार बिहान करिब ३ बजेको समयमा जनकपुरधामको थापाचोकमा बा २१ च ३३४३ नम्बरको कारले रोहिता सवार प्रदेश २ ज ५६९४ नम्बरको मोटरसाइकलमा ठक्कर दिएको थियो।

जनकपुरमा बसेर पत्रकारिता गर्दै आएका धनुषा सहीदनगर- ८ का ३२ वर्षीय यादव साथी जयनारायण यादवले चलाएको प्रदेश-२ -०२- ००२ प ५६९४ नम्बरको मोटरसाइकको पछाडि सवार थिए।

यस्तै, मोटरसाइकलमा पछाडि सवार मृतक रोहिताका साथी २५ वर्षीय जयनाथ यादव घाइते भएका छन्। उनको जनकपुरको सीता अस्पतालमा उपचार भइरहेको छ। दुर्घटनापछि कार चालक धनुषा सहीद नगरकै मनोज साहलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्