अखिल नेपाल नाट्यकर्मी सङघको अध्यक्षमा न्यौपाने

pic
लोकपाटी न्यूज
0 Shares

काठमाडौं।। जनसांस्कृतिक महासङ्घ, नेपालको आङ्गिक संगठन अखिल नेपाल नाट्यकर्मी सङघको अध्यक्षमा सविन न्यौपाने निर्वाचित भएका छन्। शुक्रबार सम्पन्न संगठनको तेस्रो राष्ट्रिय सम्मेलनले न्यौपानेको अध्यक्षतामा ४५ सदस्यीय कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको हो।

जसको उपाध्यक्षमा दीपमाला परियार,सुरज यादव, अविराम बटाला (सचेत) र महासचिवमा ऋतु केसी (दिपक),सचिवमा पूर्णबहादुर गन्धर्व,सचिव सुदर्शन अर्याल चयन भएका छन भने कोषाध्यक्षमा उमकान्त सापकोटा चयन भएका छन्।

सदस्यहरुमा धीरेन्द्र कार्की, गोविन्द खड्का, राजु खतिवडा, सुस्मिता पासवान, सपना शाह, दिपेश चौधरी, प्रज्वल अधिकारी, विवेक भुसाल, श्रीघर गिरी, सुवास शाही, सागर कार्की, सगुन तामाङ, रविन दोङ, रिजेश तामाङ, केदार श्रेष्ठ, विकास बिष्ट, निखिल धामी, नवराज घिमिरे, ईश्वर सापकोटा, गीता कार्की, नवीन महर मनोनित भएका छन्। संघको महिला सचिव र बाँकी सदस्य बैठकले मनोनित गर्ने निर्णय गरेको छ।

जन-संस्कृतिक महासंघ नेपालका ईन्जार्ज तथा नेकपा (माओवादी केन्द्र) केन्द्रीय सदस्य ईश्वर चन्द्र ज्ञवालीको प्रमुख आतिथ्यतामा सम्पन्न सम्मलेनमा जनसास्कृतिक महासङ्घ, नेपालका कार्यवाहक अध्यक्ष भीम कुमाखी, उपाध्यक्षहरू के पी पाठक, राकेश किराँती तथा , प्रदेश अध्यक्षहरु, आङ्गीक संगठनका अध्यक्षहरुको उपस्थिति रहेको थियो।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्