सुदूरपश्चिमको मुख्य न्यायाधिवक्तामा शाही

लोकपाटी न्यूज
0 Shares

धनगढी। सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्य न्यायाधिवक्ता चन्द्रबहादुर शाहीले पद तथा गोपनीयताको शपथ लिएका छन्। प्रदेश प्रमुख नजिर मियाँको रोहवरमा उच्च अदालत दीपायलका मुख्य न्यायाधीश सुशीला सिंह शाहीले उनलाई शपथ गराएकी हुन्।

मुख्यमन्त्री दीर्घबहादुर सोडारीको सिफारिसमा प्रदेश प्रमुख मियाले उनलाई शुक्रबार मुख्य न्यायाधिवक्ता नियुक्त गरेका थिए। डडेल्धुराको गन्यापधुरा गाउँपालिका-३ का ४९ वर्षीय शाही करिब दुई दशकदेखि कानुन व्यवसायको क्षेत्रमा सक्रिय छन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्