वामपन्थीहरुबीचको एकताको लागि वातावरण बन्दैछ : प्रधानमन्त्री

pm prachanda
लोकपाटी न्यूज
0 Shares

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले वामपन्थीहरुबीचको एकताको लागि वातावरण बन्दै गएको बताएका छन्। जनयुद्धका चिठी र कालिकोट स्मारिका विमोचन कार्यक्रमलाई शनिबार सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन्।

उनले मुलुकलाई समाजवादको यात्रामा अघि बढाउनको लागि कम्युनिष्टहरुबीच एकता अनिवार्य आवश्यकता भएको बताए। उनले कम्युनिष्ट पार्टीहरुबीच लगभग सहमति भएको भन्दै समाजवादी क्रान्तिको तयारीमा रहेको बताए।

‘हामी समाजवादी क्रान्तिको तयारीमा छौं, कम्युनिष्ट पार्टीहरुबीच यसमा लगभग सहमति भएको छ, आन्दोलनलाई सशक्त बनाउन सबै जना एकीकृत हुन आवश्यक छ।’ प्रचण्डले भने ।