आज देशभरको मौसम कस्तो रहला ?

Kathmandu_Mausam
लोकपाटी न्यूज
0 Shares

काठमाडौं। हाल नेपालमा स्थानीय र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। यसको प्रभावले कोशी, मधेस र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिक देखि साधरणतया बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ। कोशी प्रदेशको केही स्थानहरू र बागमती प्रदेशको पहाडी भूभागको थोरै स्थानहरूमा चट्याङ्ग र हावाहुरी सहित हल्का देखि मध्यम वर्षा भइरहेको छ।

आज दिउँसो कोशी र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिक देखि साधरणतया बदली रही बाँकी भूभागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ।

कोशी र गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा चट्याङ्ग र हावाहुरीसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। देशको उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

आज राति कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिक देखि साधरणतया बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ। मधेस र लुम्बिनी प्रदेश लगायत कोशी, बागमती, गण्डकी कर्णाली प्रदेशको पहाडी भूभागका थोरै स्थानहरूमा चट्याङ्ग र हावाहुरीसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्