गृहमन्त्रीलाई संसदमा बोल्न नदिने काँग्रेसको अडान अनुचित : शंकर पोखरेल

लोकपाटी न्यूज

दाङ। नेकपा एमालेका महासचिव शंकर पोखरेलले गृहमन्त्री रवि लामिछानेलाई संसदमा बोल्न नदिने नेपाली काँग्रेसको अडान अनुचित भएको बताएका छन्। दाङमा आइतबार सञ्चारकर्मीसँगकाे कुराकानीमा महासचिव पोखरेलले यस्तो बताएका हुन्।

कुनै राजनीतिक दलका सभापतिले आफूमाथि लागेको आरोपबारे संसदमा बोल्न पाउनु पर्ने उनले बताए। सहकारी घोटाला प्रकरण बारे राज्यका निकायले छानविन गरिहेको भन्दै महासचिव पोखरेलले त्यो प्रक्रियामा त्रुटी देखिएको खण्डमा बिकल्प खोज्नु उचित हुने भएपनि छानबिनको प्रक्रिया नटुंगिँदै अविश्वास गर्ने कार्य उचित मान्न नसकिने बताए।

उनले निर्दोष मान्छे फस्नु हुँदैन र दोषी उम्कनु हुँदैन पार्टीको मान्यता रहेको भन्दै गल्ती गरेका मान्छेलाई उन्मुक्ति दिने कुरामा सहयोगी वा साक्षी नबस्ने बताए। कसैले लगाएको आरोपमा मान्छे दोषी हुन्छन भन्ने मान्यता स्थापित गर्ने कुरा उचित नहुने समेत उनको भनाई थियो।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्