सुरुभयो प्रतिनिधिसभा बैठक

Sansad_2081
लोकपाटी न्यूज
0 Shares

काठमाडौं। संघीय संसद्अन्तर्गतको प्रतिनिधिसभा बैठक सुरु भएको छ। बैठक सोमबार बिहान ११ बजेबाट सुरु भएको हो। आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासको मत लिने कार्यसूची रहेको छ।

यसैगरी, सभामुख देवराज घिमिरेले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार थप सम्बन्धी पत्रको ब्यहोरा पढेर सुनाउनेछन्। त्यस्तै, सभामुख घिमिरेले प्रतिनिधिसभा नियमावली, २०७९ को नियम १० बमोजिम बैठकको अध्यक्षता गर्न सदस्यहरूको मनोनयन गर्ने कार्यसूची रहेको छ।

यसैगरी, प्रधानमन्त्री प्रचण्डले संघीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई राष्ट्रपतिले गरेको सम्बोधनको प्रति टेबुल गर्ने छन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्