प्रतिनिधिसभा बैठकमा काँग्रेस सांसदको नाराबाजी

Congress_Sansad
लोकपाटी न्यूज
0 Shares

काठमाडौं। नेपाली काँग्रेसले प्रतिनिधिसभाको बैठक अवरुद्ध गरेको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासको मत लिने प्रयोजनका लागि बोलाइएको बैठकमा काँग्रेसका सांसदहरूले नाराबाजी गरिरहेका छन्।

सभामुख देवराज घिमिरेले आजको प्रारम्भ भएको घोषणा गरेलगत्तै काँग्रेसलगायतका प्रतिपक्षी दलका सांसदहरू उभिएर विरोध जनाएका थिए। त्यसपछि सभामुख घिमिरेले आज प्रधानमन्त्रीको विश्वासको मतको कार्यक्रम रहेको भन्दै बैठक चल्न दिन आग्रह गरेका थिए।

तर, काँग्रेस सांसदहरूले बेल घेराउ गर्दै ‘सहकारी पीडितलाई न्याय दे, सहकारी ठगलाई कारबाही गर’ भन्दै नाराबाजी गरेका छन्। उनीहरूले सहकारीको बचत अपचलन प्रकरणमा संसदीय छानबिन समिति गठन गर्नुपर्ने माग राखेका छन्।

सोमवारको बैठकमा प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिने कार्यसूची छ। काँग्रेसको नाराबाजीका कारण विश्वासको मत लिने कार्यसूची प्रभावित भएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्