इरानका राष्ट्रपति सवार हेलिकोप्टर दुर्घटनाग्रस्त

लोकपाटी न्यूज
0 Shares

एजेन्सी। इरानका राष्ट्रपति इब्राहिम रायसी सवार हेलिकोप्टर दुर्घटनामा परेको छ। हिजोदेखि सम्पर्कविहीन भएको इरानका राष्ट्रपति इब्राहिम सवार हेलिकोप्टर पूरै जलेको अवस्थामा आज बिहान फेला परेको थियो।

हेलिकप्टरको भग्नावशेष मात्र भेटिएपछि इरानी राष्ट्रपति, विदेशमन्त्री होसेन अमिर अब्दुल्लाहियान लगायत सबै जनाको निधन भएको त्यहाँको समाचार संस्था तेहरान टाइम्सले जनाएको छ। घटनाको विवरण पूर्ण रूपमा सार्वजनिक गरिएको छैन।

प्रारम्भिक रिपोर्टअनुसार हुस्सु लागेका कारण राष्ट्रपतिको हेलिकोप्टर दुर्घटनामा परेको हो। इरानको तस्निम समाचार एजेन्सीका अनुसार आपत्कालीन सेवाले राष्ट्रपतिको हेलिकोप्टरको उद्धार प्रयास गरिरहेका छन्। तर, हुस्सुका कारण उद्धारमा कठिनाइ भइरहेको छ।

राष्ट्रपति रायसी पूर्वी अजरबैजान प्रान्तमा एउटा बाँधको उद्घाटनपछि तबरेज सहरतर्फ प्रस्थान गर्दै थिए। इरानी आधिकारिक सञ्चारमाध्यमका अनुसार राष्ट्रपतिको सवारीमा तीन हेलिकोप्टर संलग्न थिए। तीमध्ये दुई वटाले सुरक्षित अवतरण गरेको र एउटा दुर्घटनाग्रस्त भएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्