काँग्रेसको विरोधका बीच प्रधानमन्त्री प्रचण्डले मागे विश्वासको मत

PM_Prachand
लोकपाटी न्यूज

काठमाडौं। प्रतिनिधिसभाको आजको बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसको विरोध र नाराबाजीबीच प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासको मतसम्बन्धी प्रस्ताव पेस गरेका छन्।

आजै १५ मिनेटका लागि स्थगित बैठक पुनः सुरु भए लगत्तै काँग्रेसका सांसदहरूले आसनबाट उभिएर विरोध जनाउनुका साथै वेल घेराउ र नाराबाजी गरेका थिए। पुनः सुरु भएको बैठकमा पनि काँग्रेस सांसदको वेल घेराउ र नाराबाजी गरेका थिए। विरोधका बीच सभामुख देवराज घिमिरेले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मतसम्बन्धी प्रस्ताव पेस गर्न अनुमति दिएका थिए।

काँग्रेसले सहकारीको रकम अपचलनमा उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेको संलग्नता देखिएको आरोप लगाउँदै निष्पक्ष र स्वतन्त्र छानबिनका लागि संसदीय समिति गठनको माग गरेर संसद् बैठक अवरुद्ध गर्दै आएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्