कांग्रेसलाई प्रधानमन्त्रीले भने- इतिहासमै ठूलो गल्ती गर्नुभयो, यसको मूल्य चुकाउनु पर्नेछ

PM_Prachanda
लोकपाटी न्यूज
0 Shares

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रतिनिधिसभा बैठकमा विश्वासको मतको प्रस्ताव पेश गर्दा  वेल घेरेर गलत गरेको बताएका छन्। सोमबार कांग्रेसको अवरोधकै बीचमा छलफलमा उठेका विषयहरूको जवाफ दिने क्रममा प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन्।

‘म वेलमा नाराबाजी गरिरहनुभएका नेपाली कांग्रेसका सबै सांसदहरूलाई भन्न चाहन्छु, तपाईंहरूले गलत गर्नुभयो,’ प्रधानमन्त्री प्रचण्डले संसद्को रोष्ट्रममा उभिएर भने, ‘यो कुरा तपाईंहरूलाई धेरै महंगो पर्नेछ ।’ उनले आजको घटना इतिहासमा दर्ज भएको बताए।

 प्रधानमन्त्री प्रचण्डले कांग्रेसले इतिहासमै ठूलो गल्ती गरेको बताए। यसले आफूलाई दुःखी तुल्याएको पनि उनले बताए। प्रधानमन्त्री प्रचण्डले कांग्रेसले यसको ठूलो मूल्य चुकाउनुपर्ने पनि बताए।