प्रधानमन्त्री प्रचण्डले पाए विश्वासको मत

PM_Prachanda
लोकपाटी न्यूज
0 Shares

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले चौथो पटक विश्वासको मत पाएका छन्। सोमबारको संसदमा सभामुख देवराज घिमिरेले प्रधानमन्त्रीले प्रतिनिधिसभाबाट विश्वासको मत पाएको घोषणा गरे।

सोमबारको दोस्रो बैठकमा प्रधानमन्त्रीले संविधानको धारा १०० उपधारा २ बमोजिम प्रतिनिधिसभा नियमावली २०७९ नियम १५५ को उपनियम ४ बमोजिम प्रधानमन्त्रीले विश्वासको मतसम्बन्धी प्रस्ताव पेस गरेका थिए। विश्वासको मतको पक्षमा १५८ मत परेको छ। यस्तै विपक्षमा ११३ मत परेको छ।

सरकारमा सहभागी दल जनता समाजवादी पार्टी (जसपा) नेपाल विभाजन भएसँगै सो पार्टीले समर्थन फिर्ता लिएपछि प्रधानमन्त्रीले फेरि विश्वासको मत लिनु परेको हो। संसद बैठक सुरु भएलगत्तै प्रमुख प्रतिपक्षी नेपाली कांग्रेससहित विपक्षी दलहरु आ-आफ्नो स्थानबाट उठेर विरोध जनाएका थिए।