प्रधानमन्त्री प्रचण्डलाई लेखकको प्रतिप्रश्न : तपाईंलाई जंगलबाट राजनीतिमा ल्याएको बिर्सिनुभयो ?

Ramesh lekhak2
लोकपाटी न्यूज

काठमाडौं। नेपाली कांग्रेसका संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सोमबार संसदमा दिएको अभिव्यक्तिप्रति गम्भीररुपले ध्यान आकृष्ट भएको बताएका छन्।

संसद बैठकपछि आयोजित पत्रकार सम्मेलनमा कांग्रेस प्रमुख सचेतक लेखकले प्रधानमन्त्रीको अभिव्यक्तिप्रति गम्भीर ध्यानाकर्षण भएको बताएका हुन्।

कांग्रेस सांसदहरुले वेल घेराउ गरेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कांग्रेसलाई ठूलो मूल्य चुकाउनुपर्ने चेतावनी दिएका थिए।प्रधानमन्त्रीले कांग्रेसलाई आफूहरुले पटकपटक सहयोग गरेको बिर्सिएको बताएका थिए।

लेखकले माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री प्रचण्डलाई जंगलबाट राजनीतिमा ल्याएको स्मरण गराए। लेखले भने, ‘तपाईंलाई जंगलबाट राजनीतिमा ल्याउने कांग्रेस हो कि को हो ? बिर्सिनुभयो। हतियारको बलमा परिर्वतन गर्छु भनेर हिँड्नुभएको तपाईलाई शान्तिमा कसले ल्याएको हो बिर्सिनुभयो ?’

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्