नेपाली कांग्रेसले लोकतन्त्रको भद्दा मजाक गर्‍यो : गृहमन्त्री लामिछाने

लोकपाटी न्यूज

काठमाडौं। उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले प्रधानमन्त्रीलाई विश्वासको मत लिन अवरोध गरेर नेपाली कांग्रेसले लोकतन्त्रको भद्दा मजाक गरेको बताएका छन्। सोमबार संसद् भवन बाहिर सञ्चारकर्मीहरूसँग प्रतिक्रिया दिँदै गृहमन्त्री लामिछानेले यस्तो बताएका हुन्।

प्रधानमन्त्री प्रचण्डले संसदको विधिअनुसार विश्वासको मत लिँदा समेत कांग्रेसले अवरोध गरेको बताए। गृहमन्त्री लामिछानेले सरकार व्यक्ति केन्द्रित नभई विषय केन्द्रित भएर सहकारी समस्या समाधान गर्नतिर लाग्ने बताए। उनले संसदीय समिति गठन गर्ने र सहकारी ठगलाई कारबाही गर्नुपर्ने माग जायज भएको तर व्यक्ति केन्द्रित माग सम्बोधन हुन नसक्ने बताए।

उनले प्रमुख प्रतिपक्षले व्यक्ति केन्द्रित भएर समिति बनाउन नाराबाजी गरे पनि सरकार व्यक्ति केन्द्रित नभई संवेदनशील र विषय केन्द्रित भएर समस्या समाधान गर्नतिर लाग्ने समेत बताए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्