वार्ता र संवादमार्फत संसद्को गतिरोध अन्त्य गर्नुपर्छ : अध्यक्ष नेपाल

Madhav_Nepal
लोकपाटी न्यूज

जनकपुरधाम। नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले वार्ता र संवादमार्फत संसद्को गतिरोध हटाउन अघि बढ्नुपर्ने बताएका छन्। संसद्‌मा विकसित भइरहेका घटनाक्रमहरू सुखद नरहेको उनले बताएका हुन्।

धनुषामा मंगलबार आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष नेपालले विकसित घटनाहरूलाई निजी स्वार्थमा मोड्ने काम नहुने बताए। सत्ता सहकार्यलाई अघि बढाउने कुरामा सबै सत्ता घटक दलहरूबीचमा विश्वास, सहयोग र समझदारी बनाएर अघि बढ्ने आफूहरूको काम हुने उनले बताए। मुलुकको समृद्धिका लागि वर्तमान सरकारले काम गरिरहेको उनले उल्लेख गरे।

अध्यक्ष नेपालले देशको बदलिँदो राजनीति परिस्थितिका कारण मधेस प्रदेश सरकारको नेतृत्व परिवर्तन हुने पनि बताए। उनले संघीय सरकारको स्वरूपमा भएको परिवर्तनअनुसार मधेस प्रदेशमा पनि सरकार परिवर्तन हुने बताए। मुलुक संघीय संरचनामा रहेकाले केन्द्रीय संरचनाअनुसार नै प्रदेश सरकारको संरचना बाध्य भएर बनाउनुपरेको नेता नेपालले बताए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्