प्रतिनिधि सभाको बैठक स्थगित

Congress-samsad-abarodh-pic
लोकपाटी न्यूज
0 Shares

काठमाडौं। प्रतिनिधि सभाको बैठक जेठ ११ गतेसम्मका लागि स्थगित भएको छ। आज बसेको बैठकमा नेपाली कांग्रेसको अवरोधका बिच राजनीतिक दलसम्बन्धी विधेयक दोस्रो संशोधन २०८० फिर्ता भएको छ।

प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले आज पनि संसदमा अवरोध जारी राखेको थियो।नेपाली कांग्रेसको नाराबाजीकै बीच प्रतिनिधिसभाले राष्ट्रपति रामचन्द्र पौडेललाई धन्यवाद प्रस्ताव पारित गरेको छ।

बैठकमा कांग्रेस सांसदले वेलमा नाराबाजी गरिरहेका बेला सभामुख देवराज घिमिरेले राष्ट्रपति पौडेललाई धन्यवाद दिने प्रस्ताव निर्णयार्थ पेश गरेका थिए ।

यस्तै उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले ‘लगानी सहजीकरण सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश २०८१ सभामा पेस गरेका छन्।