सिरोहियालाई थप तीन दिन थुनामा राख्न अनुमति

kailash-sirohiya-pic
लोकपाटी न्यूज
0 Shares

काठमाडौं। कान्तिपुर पब्लिकेसनका अध्यक्ष कैलाश सिरोहियालाई अदालतले ३ दिनको म्याद थप अनुमति दिएको छ। धनुषा जिल्ला अदालतले सिरोहियालाई हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई ३ दिनको म्याद थप अनुमति दिएको हो।

जिल्ला अदालतका न्यायाधीश चूडामणि खड्काको इजलासबाट करिब चार घण्टाको बहसपछि यस्तो अनुमति आएको हो। मंगलबार काठमाडौंबाट पक्राउ परेका सिराेहियालाई बुधबार बिहान धनुषा जिल्ला अदालत ल्याइएको थियो।

जिल्ला सरकारी वकिलको कार्यालयले सिरोहियालाई पाँच दिनमा थुनामा राखेर अनुसन्धान गर्न माग गरेको थियो। अध्यक्ष सिरोहिया मंगलबार नागरिकतासम्बन्धी विवादमा काठमाडौंस्थित कान्तिपुरको कार्यालयबाट पक्राउ परेका थिए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्