आम दर्शकले प्रदर्शन अघि नै हेर्नपाए चलचित्र ‘पूजार सार्की’

लोकपाटी न्यूज
0 Shares

काठमाडौं। प्रदर्शन अघि नै चलचित्र ‘पूजार सार्की’ आम दर्शकहरूलाई देखाइएको छ। चलचित्र ‘पूजार सार्की’ बुद्ध जयन्तीको दिनबाट प्रदर्शनमा आउन लागेको छ। तर, प्रदर्शनमा आउनु अघि नै आम दर्शकले चलचित्र हेर्न पाएका हुन्।

काठमाडौंका विभिन्न स्थानमा एक सय बढी दर्शकमाझ गरिएको सर्भेबाट छानिएका सय जना दर्शकलाई फिल्म देखाइएको हो। प्रचारप्रसारको उद्देश्यले चलचित्र प्रदर्शनको संघारमा प्रिमियर गरिन्छ। जहाँ प्राय चलचित्रकर्मीहरूको उपस्थिति बढी देखिन्थ्यो। तर, ‘पूजार सार्की’ निर्माण टिमले भने प्रिमियममा फरक अभ्यास गरेको छन्।

चलचित्र कस्तो बनेको छ भन्ने विषयमा वास्तविक प्रतिक्रिया लिन सर्भेबाट छानिएका सय जना दर्शकलाई फिल्म देखाइएको निर्माण टिमले जनाएको छ। मङ्गलवार साँझ काठमाडौंको सिडिसी सिनेमा हलमा गरिएको विशेष शोमा सर्भेबाट छानिएका दर्शकसहित निर्देशक दिनेश राउत, कलाकारहरू आर्यन सिग्देल, प्रदीप खड्का, निर्माता सुभाष भुसाल लगायतको पनि उपस्थिति रहेको थियो।

चलचित्र हेरेका दर्शकले सानदार प्रतिक्रिया दिएका छन्। उनीहरूले फिल्मले उठाएको विषय, कलाकारहरूको अभिनय र निर्देशकीय पक्षको प्रशंसा गरे। चलचित्रले जातीय विभेदविरुद्ध संघर्ष गर्ने तीन पात्रको कथा उठाएको छ। चलचित्रको मल्टीप्लेक्सहरुमा बुकिङ खुलिसकेको छ। उच्च शोज पाएको चलचित्रको बुकिङ ट्रेन्ड राम्रो देखिन्छ। चलचित्रमा तीन स्टार अभिनेताहरू आर्यन सिग्देल, प्रदीप खड्का र पल शाहको मुख्य भूमिका रहेकाले त्यसको प्रभाव व्यापारमा पर्न सक्ने आंकलन छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्