राष्ट्रिय वाणिज्य बैंकको सीईओमा देवेन्द्ररमण खनाल नियुक्त

DebendraRaman_Khanal
लोकपाटी न्यूज

काठमाडौं। राष्ट्रिय वाणिज्य बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा देवेन्द्ररमण खनाल नियुक्त भएका छन्। बैंकको बिहीबार बसेको सञ्चालक समितिको बैठकले खनाललाई चार वर्षका लागि प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको हो।

यसअघि किरणकुमार श्रेष्ठ प्रमुख कार्यकारी अधिकृतबाट अवकाश भएपछि खनालले कामु प्रमुख कार्यकारीको जिम्मेवारी निर्वाह गरेका थिए। बैंकले प्रमुख कार्यकारी अधिकृतका लागि आवेदन दिएका मध्येबाट पाँच जनाको नाम ‘सर्टलिस्ट’ मा राखेको थियो।

सर्ट लिस्टमा पर्नेहरूमा खनालसहित कृष्णबहादुर अधिकारी, प्रकाशचन्द्र अधिकारी, विष्णुदेव यादव र शंकर केसी थिए। प्रमुख कार्यकारी अधिकृतको लागि २० जनाले आवेदन दिएका थिए। बैंकका तत्कालीन प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले दुई कार्यकाल पूरा गरेर चैत २०८० मा बाहिरिएपछि पद रिक्त भएको थियो।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्