गण्डकी प्रदेशसभा बैठकमा कांग्रेस सहभागी नहुने

Gandaki-Pradesh pic
लोकपाटी न्यूज
0 Shares

पोखरा। गण्डकी प्रदेशसभा बैठकमा नेपाली कांग्रेस सहभागी नहुने भएको छ। सर्वोच्च अदालतमा विचाराधीन अवस्थामा रहेको गण्डकी प्रदेश सभा सम्बन्धी मुद्दाको अन्तिम किनारा नलागेसम्म कांग्रेस प्रदेशसभा बैठकमा सहभागी नहुने भएको हो।

प्रमुख सचेतक नन्दप्रसाद न्यौपानेले जारी गरेको विज्ञप्तिमा भनिएको छ,“उक्त मुद्दाको अन्तिम किनारा नलाग्दासम्म प्रदेश सभा बैठक र सरकारले गर्ने कुनै पनि कार्यमा नेपाली कांग्रेसको सहभागिता नरहने व्यहोरा जानकारी गराउँदै जेठ ११ गते दिउँसो ३ बजेका लागि आह्वान गरिएको प्रदेश सभा बैठकमा सहभागी नहुने नेपाली कांग्रेस संसदीय दलको निर्णय जानकारी गराइन्छ।”

अदालतको आदेश विपरीत कार्यको पाइएमा नेपाली कांग्रेस संसदीय दललाई मान्य नहुने चेतावनी दिएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्