कैलाश सिरोहिया पक्राउ प्रकरणमा रुवाबासी गर्नुपर्दैन : केपी ओली

KP_Oli
लोकपाटी न्यूज
0 Shares

काठमाडौं। नेकपा (एमाले)  का अध्यक्ष केपी शर्मा ओलीले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया पक्राउ प्रकरणमा रुवाबासी गर्नुनपर्ने बताएका छन्। झापामा बुधबार सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै उनले सिरोहिया पक्राउमा रुवाबासी गर्नुपर्ने विषय नभएको बताएका हुन्।

‘जस्तो हयु एण्ड क्राइ भन्छन् नि  त्यो भइराखेको छ। त्यो गर्नुपर्नेजस्तो विषय लाग्दैन मलाई। विवादको विषय हुन सक्छ। जन्मकैद गर्न खोजेको होइन। सञ्चारमाथिको हमला भनेर ! ,’ उनले भने, ‘पत्रकारमाथि फौजदारी अभियोग छ ? मिडिया हाउसको प्रमुखमाथि बेग्लैमुद्दा छ। किन यस्तो समाचार प्रकाशित र्गयो ? किन यस्तो बोल्यो भन्ने विषय त होइन। विषय अर्कै छ। फोजदारी कुरा होला। यससम्बन्धमा सरकारले छानबिन गर्नुपर्ने देख्यो‘, ’उनले भने।

उनले मन्त्री, उपप्रधानमन्त्री समाउँदा अनेक हुँदा प्रजातन्त्र खतरामा नपर्ने भनेर प्रतिप्रश्न गर्दै एकजना मिडिया हाउसका मानिस गिरफ्तार हुँदैमा गलत व्याख्या गर्न नहुने बताए। ‘कोही समाउँदाखेरि, मन्त्री समाउँदा, उपप्रधानमन्त्री समाउँदा अनेक हुँदाखेरी हल्लिन, कराउन, दुनियाँ गर्न नपर्ने ? डेमोक्रेसी कसरी खतरामा परिहाल्यो त ? एकजना मिडिया हाउसका मानिस गिरफ्तार भए ? सही हो या गलत म त्यता जान चाहन्न। टाइमिङि ठीक भयो कि भएन त्यो बेग्लै कुरा होला तर डेमोक्रेसी नै खतरा परिहाल्यो त ? के अब सञ्चारका हक खोसिएकै हुन त ? यस्तो गलत व्याख्या उपयुक्त हुँदैन। जे यथार्थ हो त्यही गर्नु राम्रो हुन्छ ?,’ उनले भने