गृहमन्त्रीले विदेशीलाई सूचना बेच्छन् भन्ने होइन, पक्राउ गरेर कारबाही गर्ने हो : महामन्त्री शर्मा

BishwaPrakash_Sharma
लोकपाटी न्यूज

काठमाडौं। नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आफूहरू जुनसुकै विषयमा पनि पार्टी सभापतिदेखि सदस्यसम्मका परिवारसम्मको छानबिन गर्न आफूहरू तयार रहेको बताएका छन्। बिहीबार नेपाल विद्यार्थी संघ झापा-काठमाडौं सम्पर्क मञ्चको कार्यक्रममा उनले भ्रष्टाचारका सबै फाइल खोल्न पर्ने विषयमा काँग्रेस दृढ रहेको बताएका हुन्।

उनले ०४६ सालपछिका सबै उच्च पदस्थ व्यक्तिहरूको फाइल खोलेर कारबाही गर्न आग्रह गरे। काँग्रेस सरकारमै रहँदा उच्च पदस्थ व्यक्तिहरूको सम्पत्ति छानबिन गर्नुपर्ने विषयमा पार्टीको तर्फबाट धनराज गुरुङको प्रस्ताव, सहमहामन्त्री बद्रीप्रसाद पाण्डे र जीवन परियारको समर्थनमा संसद्‌मा दर्ता गरिसकेको बताए। उनले यति बेलामा सहकारी ठगी प्रकरणमा छानबिन हुनुपर्ने विषयमा पनि काँग्रेस दृढतापूर्वक उभिएको बताए।

महामन्त्री शर्माले उपप्रधानमन्त्री एवं गृहमन्त्री जस्तो व्यक्तिले संसदमा उभिएर देशको सूचना विदेशीलाई बेचिन्छ भनेर अभिव्यक्ति दिन नमिल्ने बताए। उनले गृहमन्त्री रवि लामिछानेले उक्त अभिव्यक्ति रेकर्डबाट हटाउन माग गरे। यदि गृहमन्त्रीसँग त्यस्तो सूचना भए भाषण गर्नेभन्दा पक्राउ गरेर कारबाही गर्नुपर्ने उनको भनाई छ। महामन्त्री शर्माले विदेशीलाई सूचना बेच्ने व्यक्तिलाई कारबाहीको दायरामा ल्याउन आग्रह गरे।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्